कारोबारको दुईघण्टा: नेप्से २८ सय माथि, ६ अर्ब बढीको कारोबार

काठमाडौं, ५ जेठ । साताको कारोबारको चौंथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईघण्टा १ बजे सम्ममा १०.५ अंकले बढेको छ । यो सँगै परिसूचक २८०३.९५ को बिन्दुमा पुगेको छ ।

नेप्सले २८०३ विन्दु नै हालसम्मको नयाँ रेकर्ड हो । यसअघि मंगलबार सर्वाधिक २७९३.८१ विन्दुको रेकर्ड बनाएको थियो । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

बुधबार कारोबारमा आएका २११ कम्पनीको १ करोड, ३० लाख ४२ हजार ३३२ कित्ता शेयर ७० हजार ४११ पटक खरिद बिक्री हुदाँ ६ अर्ब १६ करोड १९ लाख ६१ हजार २९८ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ४ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । रुरु, समता, खानीखो र कार्णाली विकास बैकको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here