दोहोरो कीर्तिमान बनेको शेयर बजार १३.०९ अंकले घट्यो

काठमाडौं, ५ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । बुधबार एकैदिन सर्वाधिक कारोबार, सर्वाधिक कित्ता शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

साताको कारोबारको चौंथोदिन दिन नेप्से १३.९ अकले घटेर २७८०.८१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २१४ कम्पनीको ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँ बराबरको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर किनबेच भएका छन् ।

यो एकैदिन सर्वाधिक कारोबार, सर्वाधिक कित्ता शेयर कारोबारको रेकर्ड हो । यसअघि गत मंगलबार हालसम्मकै सर्वाधिक ११ अर्ब ३५ करोडको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ समूह मध्ये ५ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ८ वटाको परिसूचक ओरोलो लागेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३५.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूह १५७.५४ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५५ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ४५ करोड र नेशनल हाइड्रोपावर ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

घटेको बजारमा सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, रु रु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स कम्पनी, नेपाल फाइनान्स, कम्पनी कर्णाली डुभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी, युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here