यी हुन् कोरोना संक्रमितको नि:शुल्क उपचार हुने निजी अस्पताल

काठमाडौं, ५ जेठ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गरेको छ।

ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीहरुको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्नेछ ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निस्शूल्क उपचार हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here