कोरोनाको तेस्रो भरियन्ट ५० प्रतिशत बढी संक्रामक

काठमाडौं, ५ जेठ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ को तेस्रो भेरियन्ट निकै संक्रामक र घातक रहेको बताएको छ ।

महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखापरेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक र घातक रहको प्रष्ट पारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्टको बिषयमा जानकारी गराएको थियो ।

बुधबार कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए ।

यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए ।

उनको अनुसार यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको छ । ‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखिएको छ ।

नेपालमा बढेको संक्रमण दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर,’ पौडेलले भन्नुभयो, ‘केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आँकलन गरिएको छ ।’

नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जीन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here