नेष्डो समृद्ध लघुवित्तको आइपीओ आउँदै, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

काठमाडौं, ५ जेठ । नेष्डो समृद्ध लघुवित्तले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आएमई क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतामा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

नेष्डो समृद्ध लघुवित्तको केन्द्रिय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ। यो राष्ट्रियस्तरको वित्तीय संस्था हो ।

संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here