सामान्य अंकले बढ्यो नेप्से, मञ्जुश्री लगायत ८ कम्पनीको मूल्य उच्च वृद्धि

काठमाडौं, ६ जेठ । दुईदिन नयाँ ऐतिहासिक रेकर्ड बनेको शेयर बजार साताको अन्तिमदिन सामान्य अंकले बढेको छ ।

बिहिबार नेप्से ६.३७ अकले बढेर २७८७.१९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार २१४ कम्पनीको ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ३ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ५ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ८ वटाको परिसूचक ओरोलो लागेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ११३.४४ अंकले बढेको छ भने जीवन बीमा समूह ७८.८५ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा बैंक अफ काठमाण्डू ३४ करोड र नेशनल लाइफ इन्स्योरेन्स २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड इदीमार्दी हाइड्रोपावर र जानकी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here