थप ८३०५ जनामा कोरोना पुष्टी, ६५४३ जना संक्रमणमुक्त

काठमाडौं, ६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२८७ जनाको पिसिआरमा ८२२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६५४३ रहेको छ । हालसम्म ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । मृतकको संख्या ५८४७ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here