नयाँ भन्सार कार्यविधि जारी, २१ प्रकारका सामान ल्याउन सहज

काठमाडौं, ७ जेठ । सरकारले कोरोना रोकथाम तथा निणन्त्रण र उपचारका लागि आवश्य सामान पैठारी सहजताका लागिनयाँ भन्सार कार्यविधि जारी गरेको छ ।

भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाँच पास कार्यविधि, २०७८’ जारी गरेको हो ।

कार्यविधि ल्याएसँगै अत्यावश्यक मालवस्तुको शीघ्र जाँचपासलाई सहजीकरण गर्न विभागले छनोट प्रणालीको उपयुक्त विधि अलवम्बन गर्न सक्नेछ।

तीब्र रुपमा फैलिइरहेको कोरोना नियन्त्रणमा ल्याउने औषधि लगायतका बस्तु आयातमा सहज हुनेछ ।

कोभिड रोकथाम र उपचारको लागि २१ प्रकारका मालवस्तु तोकेको छ। यसरी तोकिएका वस्तुहरुमा मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिडरलगायत छन्।

सरकारले कारोनाको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमखु प्राथमिकतामा राखी उचारमा प्रयोग हुने अवाश्यक विभिन्न माल बस्तुको पैठारीमा महसलु छुट दिने निणर्य समेत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here