नेपाल टेलिकमले डाक्टरलाई एक महिना निःशुल्क फोन कल सुविधा दिने

काठमाडौं, ७ जेठ । नेपाल टेलिकमले डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुविधा दिने भएको छ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको लागि उक्त सुविधा दिन लागेको काउन्सिलले शुक्रबार सूचना निकालेर जानाकारी दिएको हो ।

उक्त सुविधा लिन डाक्टरहरुले निश्चित फर्म भर्नुपर्ने हुन्छ। उक्त सुविधाका लागि नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित चिकित्सककै नाममा नम्बर दर्ता भएको हुनुपर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here