थप ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त

काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२३५३ जनाको पिसिआरमा ८४०७ र ८३७ एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित हालसम्म ४ लाख ९७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७८९० रहेको छ । हालसम्म ३ लाख ७४ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या ६०२४ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ज्ञ९२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here