तनाव कम गर्न दैनिक खानुहोस् फलफूल

काठमाडौं । तनाव कम गर्नाका लागि दैनिक फलफूल र तरकारीको सेवन गर्नुपर्ने अध्ययनले देखाएको छ ।

अस्ट्रेलियामा आठ हजार छ सयभन्दा बढी मानिसमा गरिएको एक अध्ययनले तनाव कम गर्न दैनिक चार सय ७० ग्राम फलफूल र तरकारीको सेवन गर्नुपर्ने पत्ता लगाएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले पनि स्वस्थ रहन दैनिक चार सय ग्राम फलफूल र तरकारी खाने सल्लाह दिएको छ ।

एडिथ कोवेन युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार दैनिक चार सय ७० ग्राम फलफूल र तरकारी खाए १० प्रतिशत तनाव कम भएको छ । जर्नल क्लिनिकल न्यूट्रिसनमा सार्वजनिक अनुसन्धानका लागि २४ वर्षदेखि ९४ वर्ष उमेरका मानिसलाई समावेश गरिएको थियो । केही समयसम्म रहिरहने तनावलाई सामान्य मानिन्छ । तर, तनाव लामो समयसम्म रहेमा यसले सीधा दिमागलाई असर गर्छ ।

तनाव लामो समयसम्म रहेमा हृदय रोग, मधुमेह, डिप्रेसन र एन्जाइटीको समस्या हुनसक्छ । अध्ययनकर्ता साइमन राडेवेलीले फलफूल र तरकारीको सेवन दिमागको स्वास्थ्यसँग सीधा सम्बन्धित रहेको बताएका छन् । उनका अनुसार फल र तरकारीमा भिटामिन, मिनिरल, फ्लाभोनोइड र क्यारोटिनोइड हुन्छ जसले शरीरको इन्फ्लामेसन ९सुजन० र तनावलाई कम गर्न मद्दत गर्छ ।

जसकारण दिमागमा आराम महसुस हुन्छ । शरीरको इन्फ्लामेसनले पनि तनाव र एन्जाइटीलाई बढाउने काम गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here