बजार पूँजीकरण ३८ खर्ब ६७ अर्ब नाघ्यो, यस्तो छ शीर्ष दश कम्पनीको विवरण

काठमाडौं, ८ जेठ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ ।

यस साता ऐतिहासिक रेकर्ड बनाएको नेप्से २७८७.१८ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क २८ सय नाघेको थियो ।

नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै पौने ३९ खर्बको हाराहारीमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण ३८ खर्ब ६७ अर्ब ६१ करोड बराबर पुगेको छ ।

यो देशको कुल जीडीपीभन्दा पनि बढी हो । नेप्सेका अनुसार विहीबारसम्मको शेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण २ खर्ब ९ अर्ब रुपैयाँ छ ।

यस्तै, नबिल बैंक १ खर्ब ७५ अर्ब पूँजीकरणसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ ।

पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा फेरि शेयर बजारको तेस्रो ठूलो कम्पनी बनेको छ । नेपाल लाइफ इन्स्योरेन्स चौथो बनेको छ ।

साता पुनर्बीमाको बजार पूँजीकरण १ खर्ब ६५अर्ब ३० करोड रुपैयाँ छ । यो चौथो स्थानमा झरेको नेपाल लाइफको भन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो । नेपाल लाइफको बजार पूँजीकरण १ खर्ब ५२ अर्ब ४३ करोड रुपैयाँ छ ।

बजार पूँजीकरणकै आधारमा नागरिक लगानी कोष १ खर्ब २३ अर्ब सहित पाँचौं ठूलो कम्पनी बनेको छ भने नेपाल इन्फ्रास्टक्चर बैंक १ खर्ब ७ अर्बसहित छैठौं स्थानमा रहेको छ ।

यस्तै, एनआइसी एशिया बैंक १ खर्ब ४ अर्ब करोड, ग्लोबल आइएमई बैंक ९५ अर्ब, अपर तामाकोशी ८६ अर्ब र नेपाल इन्भेष्टमेन्ट बैंक ७४ करोड रुपैयाँ पूँजीकरणसहित क्रमशः शीर्ष दशमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here