बिहानै उठेर पानी पिउनुका अनेक फाइदा, छाला चम्किलोदेखि प्रतिरक्षा प्रणाली बलियोसम्म

काठमाडौं । मानिसलाई स्वस्थ रहनको लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

चिकित्सकहरुका अनुसार पर्याप्त मात्रामा स्वच्छ पानी सेवन गरेमा मानव शरीरमा लाग्न सक्ने रोगहरुको जोखिम ७० प्रतिशतले कम हुन्छ ।

एक वयष्क मानिसलाई दैनिक दुई देखि तीन लिटर पानी पिउने सल्लाह चिकित्सकहरुले दिने गर्छन् ।

पानीलाई मानव जीवनको सबैभन्दा महत्वपुर्ण कुरा वा वस्तुको रुपमा व्याख्या विश्लेषण पनि गर्ने गरेको पाईन्छ ।

पानी पिउन धेरैले ध्यान दिँदैनन् । धेरैको मानिसको बानी प्यास लागेपछि मात्रै पानी पिउने हुन्छ । अझै धेरै मानिसहरुले दिँउसो वा रातीमा मात्रै पानी पिउने गर्छन् ।

तर, बिहानपख पानी एक गिलास पिउनु हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

धेरै मानिसहरुको बानी आफुलाई मन लागेको समयमा मात्रै थोरै मात्रामा पानी पिउने गर्छन् । तर, विहान उठ्ने बित्तिकै, दिउँसो र बेलुका सुत्नुभन्दा अगाडि पर्याप्त पानी पिउन जरुरी छ ।

हामी रातभर सुत्ने हुनाले राती पानी पिउँदैनौं तर, हामीले विहान उठेसङ्गै पानी पिउनु आवश्यक हुन्छ ।
यसका साथै अन्य कारणहरु पनि छन् जसको कारण विहान पानी पिउन आवश्यक छ ।

१. पाचन प्रक्रिया राम्रो हुन्छ

विहान उठेसङ्गै एक गिलास पानी पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ । बिहानै पानी पिउनाले पाचन प्रक्रियासम्बन्धि समस्याहरु हुन पाउदैन ।

२. बेकार पदार्थ बाहिर निकाल्न सहयोग गर्छ

बिहानै उठेर पानी पिउने बानीले शरीरलाई आवश्यक नपर्ने तर मृगौला र रगतमा जम्मा भएका बेकारका पदार्थहरुलाई वाहिर निकाल्न सहयोग गर्छ ।

प्रशस्त मात्रामा पानी पिउने मानिसहरुको रगत सफा हुन्छ । विहानको पानीले त्यसको लागि राम्रो काम गर्ने गर्दछ ।

३. प्रतिरक्षा प्रणाली बढाउँछ

बिहान पख पानी पिएमा सेता रक्तकोषहरुको संख्या वृद्धि हुने गर्दछ । जसको कारण रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

४. छाला सफा र मुलायम हुन्छ

छालालाई नरम, मुलायम र सफा बनाइराख्नको लागि पनि प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ । बिहानै उठेर पानी पिउनाले छाला चम्किलो र नरम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here