गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारले दियो ५/५ लाख

गोरखा, ८ जेठ । गोरखाकोशहिद लखन र गण्डकी गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्नको लागि गण्डकी प्रदेश सरकारबाट ५/५ लाख रुपैयाँ सहयोग आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुवै पालिकालाई प्रदेश सरकारको तर्फबाट जनही ५ लाख रुपैयाँ सहयोग पठाएका हुन् ।

गोरखाका अन्य पालिकालाई पनि यो रकम उपलब्ध गराउने बताईएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्ती अनुसार गोरखाको गोरखा नगरपालिका बाहेक सबै स्थानीय तहलाई रकम आएको छ । गोरखा १० सहित प्रदेशभरका प्रत्येक ७३ स्थानीय तहलाई पाँच लाखका दरले उपलब्ध गराईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here