कोरोना महामारी: नेपाल खराब सूचीको ४२ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं, ९ जेठ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) को कोरोना संक्रमण दोस्रो लहर तीव्र रुपमा बढेको छ ।

बीचको केही समय ओर्लिएको कोरोना संक्रमण र त्यसका कारण मृत्यु हुनेको दर पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्युदर अगाडि बढेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १६ करोड ७० लाख ५८ हजार ९९ जनामा कोरोना संक्रमण देखिसकेको छ । ३४ लाख ६८ हजार ९२४ हजार जनाको मृत्यु भएको छ । भने १४ करोड ८० लाख ४३ हजार २१ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । संक्रमित र मृत्यु हुने दरमा नयाँ रेकर्ड बन्दै गएको छ ।

यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४२ औं स्थानमा रहेको छ ।

बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा संक्रमितको संख्या आइतबारसम्ममा ३ करोड ३८ लाख ८२ हजार ३३ पुगेको छ। मृत्यु हुनेको संख्या ६ लाख ३ हजार ८७६ पुगेको छ ।

त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख ३० हजार १३२ पुगेको छ भने मृतकको संख्या २ लाख ९९ हजार २९९जनाको मृत्यु भएको छ भने संक्रमण मुक्त हुनेको संख्या २ करोड ३४ लाख २५ सय ४६७ जना पुगेका छन् ।

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १६ करोड ४७ हजार ४३९ पुगेको छ भने मृतकको संख्या ४ लाख ४८ हजार २९१ रहेको छ ।

१४ करोड ४ लाख ६२ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।

बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको ३३ औं स्थानमा रहेको छ त्यहाँ ७ लाख ८७ हजार ७२६ जनालाई कोरोना संक्रमण भएको छ भने १२ हजार ३४८ जनाको मृत्यु भएको छ। संक्रमण मुक्त हुनेको संख्या ७ लाख २९ हजार ७९८ पुगेको छ।

पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको २९ औं स्थानमा रहेको छ ।

पाकिस्तान ९ लाख ५५२ जनामा कोरोना संक्रमण भएको छ भने २० हजार २५१ जनाको मृत्यु भएको छ। ८ लाख १७ हजार ६८१ जना संक्रमण मुक्त भएका छन् ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको ८१ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म १ लाख ६१ हजार २४२ जनालाई कोरोना संक्रमण भएको छ भने ज्ञज्ञ७८ जनाको मृत्यु भएको छ। १ लाख २६ हजार ९९५ जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको १०६ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या ५४ हजार ३६५ रहेको छ। मृत्यु हुनेको संख्या १२३ छ भने उपचारपछि निको हुनेको संख्या ३१ हजार ८१२ पुगेको छ ।

भुटान कोरोना प्रभावित देशहरुको सूचीको १९२ औं स्थानमा रहेको छ । भुटानमा १ हजार ३९२ जनालाई कोरोना देखिएको छ। मृत्यु हुनेको संख्या १ जना रहेका छन् । १ हजार १८६ जना संक्रमण मुक्त भएका छन् ।

अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको १०४ औं स्थानमा रहेको छ । त्यहाँ ६५ हजार ७३४ जनालाई कोरोना संक्रमण भएको छ भने २ हजार ८०२ जनाको मृत्यु भएको छ। ५५ हजार ८८९ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा नेपालमा ५ लाख ५ हजार ६४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भएका छन् भने ६१५३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here