कारोबारको दुईघण्टा: नेप्से झिनो अंकले बढ्दा ५ अर्ब बढीको कारोबार

काठमाडौं, ९ जेठ । साताको कारोबारको पहिलोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईघण्टा १ बजे सम्ममा ४ अंकले बढेको छ । यो सँगै परिसूचक २७९१.१८ को बिन्दुमा पुगेको छ ।

आइतबार कारोबारमा आएका २१३ कम्पनीको १ करोड, ९ लाख ५६ हजार २४० कित्ता शेयर ५९ हजार ६४३ पटक खरिद बिक्री हुदाँ ५ अर्ब १३ करोड ९१ लाख ८७ हजार ३९७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका २ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । ग्रीन विकाश बैक १० प्रतिशत बढेको छ भने गुराँस फाइनान्स ९.९२ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here