शेयर बजारमा नयाँ रेकर्ड, १६ कम्पनीको मूल्य उच्च वृद्धि

काठमाडौं, ९ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । आइतबार नेप्से परिसूचक हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेप्से इतिहासकै उच्च २८२० विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ४ गते नेप्सेले इतिहासकै सर्वाधिक २७९३ विन्दुको रेकर्ड बनाएको थियो ।

साताको कारोबारको पहिलोदिन नेप्से ३२.८१ अकले बढेर २८२० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२० कम्पनीको ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका ११ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ३ वटाको परिसूचक ओरोलो लागेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २३९.८९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह २०.७ अंकले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ३७ करोड र ज्योति विकास बैंक २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

कारोबारमा आएका १६ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । २ कम्पनी शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर लक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक रहेमा छन् ।

बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here