यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, ९ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । आइतबार नेप्से परिसूचक हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेप्से इतिहासकै उच्च २८२० विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ४ गते नेप्सेले इतिहासकै सर्वाधिक २७९३ विन्दुको रेकर्ड बनाएको थियो ।

त्यसदिन लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । पुनर्बीमाको ४१ करोड ८६ लाख ४४ हजार ७४३ रुपैयाँ बराबरको २ लाख ५२ हजार ५४५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन नेशनल लाइफको ३७ करोड १४ लाख ४१२ रुपैयाँ बराबरको २ लाख ८८ हजार २८७ शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा ज्योति विकास बैंकको शेयर परेको छ । ज्योति विकास बैंकको २३ करोड ७७ लाख ४ हजार ७९४ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको चौथो नम्बरमा मेघा बैकको शेयर परेको छ । त्यसदिन मेघाको २२ करोड ४७ लाख ८२ हजार ८०५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको पाँचौं नम्बरमा ग्रामिण विकास बैकको शेयर परेको छ । त्यसदिन ग्रामिण विकास बैककोको २२ करोड २४ लाख १८ हजार २४६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here