३५ अस्पताललाई २ अर्ब ९३ करोड विनियोजन, कुनले कति पाए ?

काठमाडौं, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलन मार्फत विभिन्न अस्पताललाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए।

गौतमले ३६० आइसियू, १८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांक थप गर्न रकम विनियोजन गरिएको बताए ।

यस्तै मन्त्रालयले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन प्रत्येक प्रदेशमा एन्टिजेन किट पठाउने तयारी भएको पनि जनाएको छ ।

कुन अस्पताललाई कति पाए ?

३५ वटा अस्पतालमध्ये सबैभन्दा धेरै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ।

यस्तै सबैभन्दा कम गंगालाल अस्पताल, मनमोहन कार्डियो, भरतपुर अस्पताललाई विनियोजन गरिएको छ।

यी तीन वटै अस्पताललाई समान ८० लाख रुपैयाँ विनियोजन गरिएको हो।

कोसी अस्पताल ६ करोड ८० लाख, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख, गजेन्द्र नारायण अस्पतालले ३ करोड ८० लाख
पाएका छन् ।

त्यस्तै नारायणी अस्पताल ९ करोड ८० लाख, भरतपुर अस्पताल ९ करोड ८० लाख, प्रसुति गृह ६ करोड ८० लाख, धुलिखेल अस्पतालले ६ करोड ८० लाख पाएका छन् ।

त्यस्तै वीर अस्पताल ३० करोड ८० लाख, गंगालाल अस्पताल ८० लाख ट्रमा सेन्टर ९ करोड, मनमोहन कार्डियो ८० लाख, नेपालमा प्रहरी अस्पतालले ९ करोड ८० लाख पाएका छन् ।

त्यस्तै एपिएफ अस्पताल ९ करोड ८० लाख, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड,विरेन्द्र अस्पताल ९ करोड, सिभल अस्पतालले ६ करोड ८० लाख पाएका छन् ।

कान्ति बाल अस्पताल ६ करोड ८० लाख पाटन अस्पताल १२ करोड ८० लाख, टिचिङ अस्पताल १२ करोड, भरतपुर अस्पताल ८० लाख पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ९ करोड ८० लाख पाएका छन् ।

जिपी कोइराला अस्पताल ९ करोड, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड, भेरी अस्पताल १५ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८० लाख पाएका छन् ।

डडेलधुरा अस्पताल ६ करोड ८० लाख, मेची अस्पतालमा ९ करोड, प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख, भक्तपुर अस्पतालमा ३ करोड ८० लाख, बागलुङ अस्पताल ३ करोड, भीम अस्पतालले ३ करोड ८० लाख पाएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८० लाख, सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख, सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख र महाकाली अस्पतालले ९ करोड ८० लाख पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here