नेपाल समूहका यी सांसदले गरे गठबन्धनको रिटमा हस्ताक्षर (सूचीसहित)

काठमाडौं, १० जेठ । नेकपा एमाले माधव नेपाल समूह लगायत विपक्षी दलहरु संसद विघटन विरुद्ध सर्वोच्च अदालत गएका छन् ।

सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका हुन् ।

ती सबै नेपाल समूहका छन् ।

यी हुन् रिटमा हस्ताक्षर गर्ने २३ सांसद

१ विराेध खतिवडा

२ जीवनराम श्रेष्ठ

३ घनश्याम भुसाल

४ साेमप्रसाद पाण्डे

५ कृष्णलाल महर्जन

६ झपट रावल

७ निरादेवि जैरू

८ सरलाकुमारी यादव

९ कल्याणी खड्का

१० लक्ष्मी चाैधरी

११ माधव नेपाल

१२ भीम रावल

१३ कलिला खातुन

१४ रामकुमारी झाँक्री

१५ झलनाथ खनाल

१६ पुष्पा कर्ण कायस्थ

१७ भवानीप्रसाद खापुङ

१८ यज्ञ सुनुवार

१९ सुरेन्द्र पाण्डे

२० मुकुन्द न्याैपाने

२१ मेटमणि चौधरी

२२ दीपकप्रकाश भट्ट

२३ नारायण खतिवडा