नेप्सेले बनायो रेकर्डै-रेकर्ड, कारोबार १३ अर्ब नाघ्यो

काठमाडौं, १० जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

एकैदिन सर्वाधिक कारोबार,सार्वाधिक कित्ता शेयर किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको छ । सोमबार एकैदिन १३ अर्ब बढीको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।

नेप्से इतिहासकै उच्च २८२३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । आइतबार नेप्से इतिहासकै उच्च विन्दु १८२० मा पुगेको थियो । सर्वाधिक कित्ता शेयर किनबेचको पनि रेकर्ड बनेको छ ।

आज एकै दिन २ करोड ७१ लाख बढी कित्ता शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक हो । यसअघि गत जेठ ५ हालसम्मकै सर्वाधिक २ करोड ५१ लाख बढी कित्ता शेयर किनबेच भएको थियो ।

नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको नेप्से ३.५ अकले बढेर २८२३.५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २१६ कम्पनीको १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँ बराबरको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका ५ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ८ वटाको परिसूचक ओरोलो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९६.६४ अंकले बढेको छ भने व्यापार समूह ५७.६ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये ९० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एचआइडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससँगै एचआइडीसीएल एकैदिन १ अर्ब बढी कारोबार हुने तेस्रो कम्पनी बनेको छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एकैदिन १ अर्ब बढीको कारोबार भएको थियो ।

कारोबार रकमकै आधारमा नेको इन्स्योरेन्स ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे । नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, युनाईटेड इदी मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीन डेभल पमेन्ट बैंक, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here