थप १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूका लागि ८ करोड १० लाख दिइँदै

काठमाडौं, १० जेठ । १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।

स्वास्थ्यको माग अनुसार अर्थ मन्त्रालयले सोमबार त्रिवि शिक्षण अस्पतालसहित १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।

यस अघि १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार यी अस्पतालमा रकम पठाउन सहमति माग गर्दे अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो ।

यसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको बताएको छ ।

१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १८ करोड दिइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here