लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, एचआइडीसीएलको १ अर्ब २६ करोडको कारोबार

काठमाडौं, १० जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

एकैदिन सर्वाधिक कारोबार,सार्वाधिक कित्ता शेयर किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको छ । सोमबार एकैदिन १३ अर्ब बढीको कारोबार भएको छ ।

यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।

नेप्से इतिहासकै उच्च २८२३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । आइतबार नेप्से इतिहासकै उच्च विन्दु १८२० मा पुगेको थियो । सर्वाधिक कित्ता शेयर किनबेचको पनि रेकर्ड बनेको छ ।

आज एकै दिन २ करोड ७१ लाख बढी कित्ता शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक हो । यसअघि गत जेठ ५ हालसम्मकै सर्वाधिक २ करोड ५१ लाख बढी कित्ता शेयर किनबेच भएको थियो ।

त्यसदिन लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा पहिलो नम्बरमा एचआइडीसीएल कम्पनीको शेयर परेको छ । एचआइडीसीएलको १ अर्ब २६ करोड १९ लाख ६७० रुपैयाँ बराबरको २१ लाख ९ हजार ९०७ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेको इन्स्योरेन्स आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन नेको इन्स्योरेन्स ३७ करोड ३३ लाख ८२ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनीको शेयर परेको छ । नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २० लाख ९९ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको चौथो नम्बरमा आइएमई जनरल इन्स्योरेन्स शेयर परेको छ । त्यसदिन आइएमईको २५ करोड ७० लाख ७१ हजार ८४२ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको पाँचौं नम्बरमा सूर्य लाईफ इन्स्योरेन्सको शेयर परेको छ । त्यसदिन सूर्य लाइभको २४ करोड ८१ लाख ९२ हजार ९२९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here