एभरेष्ट इन्स्योरेन्सले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १० जेठ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।

सोमबार सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारणले ८ प्रतिशत बोनस सेयर दिने र त्यसमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीका गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति प्रस्तुत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here