सुन्दरता बढाउनका लागि फाइदाजनक आँप !

काठमाडौं । आँप, सबैलाई मनपर्ने भएको कारण यसलाई फलफूलको राजा भनिन्छ ।

पाकेको आँपमा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर, जिङ्क, पोटासियम, मिनरल्स लगायतका पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । आँपमा औषधीय गुणसमेत पाइन्छ । आँपको सेवनले शरीरलाई निकै फाइदा पुग्ने हुन्छ । यसको सेवन सौन्दर्य बढाउन पनि फाइदाजनक हुन्छ ।

आँपमा हुने भिटामिन सी र म्याग्नेसियमले एक्नेबाट हुने सुन्निने समस्या (इन्फ्लामेसन) लाई घटाउन मद्दत गर्छ । यसले छालाबाट उत्पादन हुने तेललाई पनि कम गर्ने हुँदा एक्ने आउने सम्भावनालाई पनि कम गर्छ । भिटामिन सीले घामको हानिकारक किरणबाट छालामा भएको क्षतिलाई कम गर्न मद्दत गर्छ ।

आँपमा हुने म्याग्निफेरिन नामक प्रभावकारी एन्टीअक्सिडेन्टले छालामा भएको क्षतिलाई निको पार्ने काम गर्छ । आँपमा हुने भिटामिन एले कोलाजेन उत्पादनमा सहयोग पु¥याएर छालालाई लचिलो र नरम बनाउँछ । आँपको सेवनले छालामा भएको कालो दागधब्बा हराएर जानुको साथै यसले अनुहारलाई प्राकृतिक रूपमा चम्किलो र तेजिलो बनाउन मद्दत गर्छ ।

यो एक प्राकृतिक मोइस्चराइजर हो जसकारण आँपको सेवनले मात्र नभई आँपलाई अनुहारमा लगाउनाले छाला नरम हुने गर्छ । एन्टीअक्सिडेन्टले भरिएको आँपको रसलाई अनुहार वा छालामा लगाउनाले छालाको टोनलाई एक समान गोरो बनाउन सहयोग गर्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here