‘मास्क लगाउँदा पनि मानिसलाई आवश्यक अक्सिजन प्राप्त हुन्छ, हल्लाको पछाडि नलागौँ’

काठमाडौं, ११ जेठ । कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि मास्कको प्रयोग व्यापक भएको छ।

सामाजिक सञ्जालमा मास्क लगाउँदा मानिसलाई आवश्यक अक्सिजन प्राप्त नहुने हल्ला पनि फैलाइरहेका छन् ।

यस्ता हल्लाहरु फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क लगाउँदा पनि मानिसलाई आवश्यक पर्याप्त अक्सिजन प्राप्त हुने जनाएको छ ।

मंगलबार एक सन्देशमूलक तस्विर सार्वजनिक गर्दै मन्त्रालयले अनावश्यक हल्लाको पछाडि नलाग्न अनुरोध गरेको हो ।

‘सबै वैज्ञानिक प्रमाणले कोभिड–१९ को संक्रमणलाई कम गर्नका लागि प्रभावकारी उपायको रुपमा अनुहारमा मास्कको प्रयोगलाई सिद्ध गरेको छ । मास्क लगाउनाले भाइरस नियन्त्रण तथा व्यक्तिगत सुरक्षा दुवै हुन्छ,’ सन्देशमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here