स्वावलम्बन लघुवित्तद्धारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत वितरण

काठमाडौं, ११ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले कोभिड–१९ को दोश्रो लहरको कारण प्रभावित सदस्यलाई राहत वितरण गरेको छ ।

नेपाल सरकारले देशाको विभिन्न स्थानमा गरेको निशेधाज्ञाले हाल सदस्यहरुले गर्दै आएका व्यवसायहरु प्रभावित हुँदा आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई १४० वटा शाखा कार्यालयबाट खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराउने क्रम जारी राखेको हो ।

वित्तीय संस्थाका सबै शाखा/उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरुले दैनिक रुपमा खाद्य सामग्री चामल, दाल, नुन र तेल उपलब्ध गराउने अभियान जारी राखेको छ ।

यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुलाई कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु.१ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो ।

यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा÷उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here