सामान्य अंकले घट्यो नेप्से, ११ अर्ब १३ करोडको कारोबार

काठमाडौं, ११ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । साताको तेस्रोदिन नेप्से ६.४७ अकले घटेर २८१६.६० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१९ कम्पनीको ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका ६ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ७ वटाको परिसूचक ओरोलो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४३१.५९ अंकले बढेको छ भने विकास बैंक समूह ५३.४८ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा एशियन लाइफ ३२ करोड र एचआइडीसीएल ३० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।

त्यस्तै, आज मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here