बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको ७ दिनसम्म अतिरिक्त शुल्क लिन नपाउने

काठमाडौं, ११ जेठ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर र निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाइने छैन ।

संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्नेछन्।सञ्चालक समितिलेयस्तो छुटसम्बन्धी व्यवस्थाको निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्नुपर्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here