८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

काठमाडौं, ११ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पिसिआर विधिबाट ८३८७ र ६३० जनाको एन्टीजेन परीक्षणमा २४९ जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

त्यसदिन देशभर ६४०४जना संक्रमित निको भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । पछिल्ले २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ६ हजार ७ सय पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here