इन्टरनेट सेवा प्रदायक र बैंकका कर्मचारीलाई अफिस आउने जाने समय तोकियो

संकेतिक तस्विर

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

त्यो अवधीमा हाल सञ्चालनमा रहेको किराना पसल,डिपार्टमेन्टल स्टोर समेत बन्द नर्गे निर्णय गरेको छ । यस्तै सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

बैंकका कर्मचारीलाई बिहान ९ः३० देखि १०ः३० सम्म अफिस पुग्नुपर्ने र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्किसक्नु पर्ने छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, इन्टरनेट सेवा प्रदायकलाई पनि सोही समय तोकिएको छ ।

काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति ( २० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउनेछन् । यसको अनुगमन जिल्ला प्रशासनबाट हुने बताइएको छ ।

बैंकका सवारी साधन सञ्चालकको हकमा बढीमा २ वटा सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here