सञ्चारकर्मीलाई हिँडडुलमा कडाइ, सूचना विभागको कार्ड नहुनेले के गर्ने ?

फाइलफोटो

काठमाडौं, ११ जेठ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले शुक्रबार काठमाडौं उपत्यकासहित आवागमनमा थप कडाइ गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामा सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै थप कडाइ गर्ने निर्णय गरेको हो ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, इन्टरनेट सेवा प्रदायक, बैंकका कर्मचारीलाई अफिस आउने जाने समय तोकिएको छ ।

पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागका प्रेस बिना हिँडडुल गर्न रोक लगाएको छ ।

सूचना विभागको प्रेस पास नभएका संचारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँडहुल गर्न पाइने छ ।

इन्टरनेट सेवा प्रदायक र बैंकका कर्मचारीलाई अफिस आउने जाने समय तोकियो

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको ७ दिनसम्म अतिरिक्त शुल्क लिन नपाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here