व्यावसायीले गरे दिनभर ट्रक चलाउन नदिने निर्णयकाे विराेध

सांकेतिक तस्वीर

काठमाडाैं, २७ जेठ । असार १ गतेदेखि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं भित्र मालबाहक ट्रकहरु चलाउन नदिने निर्णय कार्यान्वयन नगन कार्गो ब्यवसायीहरुले माग गरेका छन् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले सोमबार एक विज्ञप्ती जारी गर्दै काठमाडौंको सवारी जामको समस्या व्यवस्थापन गर्न भन्दै यातायात व्यवस्था विभागकाे दिनभर मालबाहक सवारी चलाउन नदिने निर्णय प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

विभागले केहि दिनअघि मात्रै काठमाडौं भित्र सवारी जामको समस्या व्यवस्थापन तथा सहजताका लागी मिति २०७६ असार १ गतेबाट कार्यान्वयन हूने गरि सार्वजनीक विदाका दिन बाहेक आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेक अन्य सबै प्रकारका मालवाहक सवारी साधनहरुलाई विहानको ८ वजे देखि साँझको ७ वजे सम्म चलाउन नदिने सूचना जारी गरेको थियो ।

एसोसिएसनले विज्ञप्तीमा भनेको छ, ‘मुलुकमा बढ्दो व्यापार घाटा न्यूनिकरणका निमित्त नेपाल सरकारबाट निर्यात प्रर्बद्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याई रहेको, देशमा भएको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल शहरको मध्य भागमा अवस्थित रहेको र कार्यालय समय पनि विहानको १० बजे देखि साँझको ६ बजेसम्म हुने हुँदा यस व्यवस्थाले समग्र अर्थतन्त्रमा नै निकै असर पर्नेछ ।’

निर्यातजन्य वस्तु बोकेका मालवाहक सवारी तथा डेलिभरी भ्यान अन्र्तराष्ट्रिय विमान तालिका अनुसार प्रयोग गर्नुपर्ने भएको हुँदा यस व्यवस्थाले कार्गो व्यापारमा मात्रै नभई समग्र नेपाली निर्यात प्रवद्र्धनमानै नकारात्मक प्रभाव एसोसिएसनको दाबी छ ।

एसोसिएसनले निर्यात सामाग्री बोकेका सवारीलाई निर्बाध रुपमा सञ्चालनको व्यवस्था मिलाउनका लागि सबै सम्बन्धीत निकायलाई अनुरोध पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here