परिवार विहीन भएकी १८ वर्षीय युवतीको भोगाइ…

काठमाडौं । तीन महिनाको हुँदा आमा बित्नुभयो, बुबाले अर्को विवाह गरे । आफूलाई जन्मदिने आमा नभएपछि उनीपनि त्यस घरमा अटाईनन् । ५ बर्षको पुगेपछि बुबाले कसैलाई काठमाडौंतिर लगेछ छाडीदिन भनेर अराए ।

काठमाडौंको विरानो शहरमा कयौंदिन उनी सडकमै भौतारिन । बाटो हिड्नेहरु कतिले उनलाई घर लैजान्थे । उनी साहारा पाएको अनुभूति गर्थिन् तर उनलाई काम लगाउन घर लगिएको हुन्थ्यो ।

आफूले नसक्ने काम गर्न लगाउँदा उनी आत्तिथिन् । कति ठाउँमा उनी आफै रहनै नसक्ने अवस्था बन्यो । कतिले आफै निकालिदिन्थे ।

हरेकपटक कामबाट निकालिदिँदा उनी सडकमै आईपुग्थिन । १३ बर्षमा उनले करिब ९ ओटा घर परिवर्तन गरिन् । आजसम्म उनले कखरा समेत पढ्न पाएकी छैनन् ।

पढ्ने उमेर कसैको घरमा भाडा माझेर र कपडा धोएरै वित्यो उनको । अहिले उनी १८ बर्षकी भईन । पहिले दालभातको जोहो र बेलुका टाउँको लुकाउने ठाउँ मात्र भए पुग्थो ।

उमेर बढेसँगै आफैलाई जोगाउन समेत उनलाई परिवारको जरुरी पर्छ । तर उनलाई त परिवारले ५ बर्षको उमेर हुँदै सडकै ल्याई छाडीसकेका थिए ।

घर नुवाकोट हो भन्नेसम्म धमिलो सम्झना छ उनलाई । आफन्त र परिवारबारे अन्य कुनै जानकारी छैन । २०७२ सालको भूकम्पले उनको बुबा र आमालाई पनि लग्यो भन्ने पनि उनले कतै सुनेकी छिन् । तर त्यसको सत्ययता उनलाई थाहाँ छैन ।

सोह्रखुट्टे कसैको घरमा काम गर्दै आइरहेकी उनलाई घरबेटीले घरबाटै निकालिदिएपछि उनी फेरी सडकमा आईपुगिन् ।

सोह्रखुट्टे प्रहरीले उनलाई मानवसेवा आश्रमलाई संरक्षणको लागि सिफारिस गर्यो ।

घरबेटीलाई कानुनी दायरामा ल्याउन प्रयत्न गर्दा उनी मानिनन् । खै उनको परिवारमा पनि कोरोनाको कारण कोही वितेका छन् रे । भईहाल्यो उनीहरुलाई दुःख नदिनु । मलाई समस्या पर्दा कम्तिमा दुई छाक खान दिएका थिए । भैहाल्यो छोडीदिनु…

बास्तविकता के हो त्यो मानवसेवा आश्रम टिम र प्रहरीलाई थाहा भएन । घरबेटीको कुटाईको कारण उनको उनको दाँत समेत झरेको छ ।

आज सम्म पनि उनको नागरिकता बनेको छैन । आफुलाई जन्मदिने आमा आफू ३ महिना हुँदै विते । सौतेनी आमा र बुबालाई पनि भूकम्पले लग्यो । कसरी अगाडी बढ्छ उनको जीवन, उनलाई नै थाहा छैन… । उनि अहिले मानवसेवा आश्रमको संरक्षणामा रहेकी छिन् ।

निजको पालनपोषण तथा संरक्षण खर्च स्पोन्सर गरी अभिभाकत्व लिन चहानुहुने महानुभावहरुले मानवसेवा आश्रम रानिवन सेवाकेन्द्रमा समर्पित अभियान्ता नविना सिटौलालाई ९८४३३४७६०७ मा सम्पर्क गर्न सक्नुहुनेछ।

मानवसेवा आश्रमबारे थप जानकारीको लागि: ९८५५०७६००४, ९८४३३४७६०५, ९८४३३४७६०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here