‘अक्सिजन सिलिण्डर ‘होल्ड’ र साटफेर नगर्नू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आइपुगेका अक्सिजन सिलिण्डर ‘होल्ड’ नगर्न अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै सिलिण्डर होल्ड नगर्न र एक उद्योगका सिलिण्डर अर्कोसँग साटफेर नगर्न अस्पतालहरूलाई निर्देशन दिइएको हो।

पछिल्लो समय अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको बेला एकअर्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइने समस्या देखिएको मन्त्रालयले जनाएको छ।

एउटा उद्योगका अक्सिजन सिलिण्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेककाले यसले आगामी दिनमा समस्या निम्त्याउने मन्त्रालयले जनाएको हो।

त्यस्तै, स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्द गर्न तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here