काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

फाइलफोटो

काठमाडौं, १२ जेठ । काठमाडौं फेरि बर्डफ्लुको संक्रमण पुष्टि भएको छ ।

पशु सेवा विभागका अनुसार किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको पालिएका टर्कीमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।

अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएकोपशु सेवा विभागले जनाएको छ ।

बर्ड फ्लु संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको विभागले जनाएको छ । प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएका छन् ।

यसअघि काठमाण्डौ तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here