कुवेतमा जुन १ देखि दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न नपाउने

काठमाडौं, १२ जेठ । कुवेतले दिउँसोको समयमा काम गर्न रोक लगाउने भएको छ ।

अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउन लागेको हो ।

जस अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । यो नियम आउँदो जुन १ देखि लागू हुनेछ ।

यो नियम आउँदो अगस्टको अत्यसम्म लागू हुनेछ । कुवेतको यो निर्णयले खुल्ला ठाउँमा काम गर्ने श्रमिकहरूलाई फाइदा पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here