महँगियो सुन, कति पुग्यो तोलाको ?

काठमाडौं, १३ जेठ । सुनको भाउ फेरि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा विहिबार तोलामा सात सय रुपैयाँले बढेको हो ।

बुधबार एक सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार सात सय रुपैयाँले महँगिएको महासंघले जनाएको छ ।

सुन तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा ९३ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

सुन महँगिए पनि चाँदीको भाउ स्थिर छ । चाँदी तोलामा एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here