हरेक दिन एक गिलास दूध पिउने मानिसमा हृदयघातको जोखिम कम

काठमाडौं । प्रत्येक दिन एक गिलास दूध पिउनाले हृदय रोगको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने अध्ययनले देखाएको छ । इन्टरनेसन जर्नल अई ओबेसिटमा प्रकाशित अध्ययन अनुसार दूध पिउने मानिसमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

कोलेस्ट्रोलको अत्यधिक मात्राले धमनीहरूलाई ब्लक गरेर हृदयघात वा स्ट्रोक निम्त्याउन सक्छ । अध्ययनकर्ताहरूका अनुसार हरेक दिन दूध पिउने मानिसमा कोरोनरी हृदय रोगको जोखिम १४ प्रतिशतले घटेको पाइएको छ ।

बेलायत र अमेरिकाका २० लाख मानिसमा गरिएको अनुसन्धानमा हरेक दिन दूध पिउने व्यक्तिहरूमा मुटु रोगको समस्या कम भएको देखियो । रिडिङ्ग विश्वविद्यालयका अन्वेषक प्रो। विमल कारानीका अनुसार अनुसन्धानको क्रममा दूध पिउने मानिसको बिएमआई र बडी फ्याट तुलनात्मक रूपमा धेरै भएपनि उनीहरूमा कोलेस्टरोलको मात्रा कम हुन्छ ।

अध्ययनमा बिगतका केही अध्ययनहरूको विपरीत नयाँ अध्ययनले दुग्ध उत्पादनहरू स्वास्थ्यका लागि लाभदायक हुने उल्लेख गरिएक छ । दूध पिउनाले मोटोपना, मधुमेह तथा अन्य मेटाबोलिजमसम्बन्धी जोखिम बढ्ने बताइन्छ ।

तर नयाँ अनुसन्धानका अनुसार दूध पिउँदा मधुमेहको जोखिम बढ्ने कुनै प्रमाण नभएको प्रो। विमल बताउँछन् । दूध हड्डीहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । साथै, यसको सेवनले शरीरको भिटामिन र प्रोटिनको कमीलाई पनि पूरा गर्न मद्दत गर्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here