काठमाडौं, १४ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८७ रुपैयाँ १६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ४६ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।