कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई शहिद लखनद्धारा २५/२५ हजार हस्तान्तरण

गोरखा । कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई शहिद लखन गाउपालीकाद्धारा २५/२५ हजार हस्तान्तरण गरिएको छ ।

गाउपालीका वडा. ७ बुङकोट निबासी स्व. नबराज खनाल, स्व. पदम बहादुर आले र स्व. देउ माया श्रेष्ठको परिवार लाई शहिद लखन गाउपालीकाको निर्णय अनुसार मृत्यु पश्चातको काज क्रिया खर्चको लागी २५/२५ हजारका दरले चेक हस्तान्तरण गरिएको गाउपालीका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।

चेक हस्तान्तरणमा गाउपालीकाका प्रमुख प्रशाशकिय अधिकृत जिवन बहादुर आले र गाउपालीका वडा. ७ का अध्यक्ष शरण श्रेष्ठपनि सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here