गर्भावस्थामा कोरोना : समय अगाडि नै बच्चा जन्मने जोखिम उच्च

काठमाडौं । कोरोना सङ्क्रमण भए गर्भवती महिलाले तोकिएको समय अघि (प्रि म्याच्यर) बच्चा जन्माउने सम्भावना जोखिम हुने अध्ययनले देखाएको छ । गर्भअवस्थामा सङ्क्रमण भए शिशुको छिटो जन्मने र गर्भमै मृत्यु हुने सम्भावना पनि रहने अध्ययनले देखाएको हो ।

अमेरिकी जर्नल अफ अब्सट्रेटिक्स एण्ड गाइनेकोलोजीमा प्रकाशित अध्ययन अनुसार बच्चा जन्मने समय नजिकिएका बेलामा गर्भवती महिला कोरोना भाइरसबाट सङ्क्रमित भए जोखिम रहने देखाएको हो ।

राष्ट्रिय मातृत्व र पेरिनाटल अडिटको नेतृत्वमा गरिएको अनुसन्धानले बेलायतमा सन् २०२० को मे देखि सन् २०२१ को जनवरी बीचमा भएका तीन लाख ४० हजार भन्दा बढी महिलाको अध्ययन गरिएको थियो ।

अध्ययनमा समावेश भएका सबै महिलाहरूको कोभिड टेस्ट गर्दा तीन हजार पाचँ सय २७ जना सङ्क्रमित भएको पाइएको थियो ।

सङ्क्रमित महिलाले जन्माएको बच्चाहरू मध्ये ३० जनाको स्टील बर्थ (गर्भधारणको २४ हप्तापछि हुने मृत्यु) भएको थियो । प्रति एक हजार सङ्क्रमित महिलामा ८.५ को स्टिल बर्थ हुने वैज्ञानिकहरूले पत्ता लगाएका थिए ।

१२ प्रतिशत सङ्क्रमित महिलाले समय पुर्व (३७ हप्ता अघि) बच्चा जन्माएका थिए । यसको तुलनामा सङ्क्रमित नभएको महिलाले समय पूर्व बच्चा जन्माउने दर ५.८ प्रतिशत रहन्छ ।

सङ्क्रमित महिलाहरूबाट समय अगाडि जन्मेका शिशुहरूमा हेरचाहका लागि (एनआइसियु)को आवश्यकता बढी भएको पाइएको थियो ।

गर्भवती महिलाले जोखिमको सम्भावना कम गर्न सामाजिक दूरी, हात धुने र मास्क लगाउने लगायतका सावधानी अपनाउनु पर्छ । गर्भवती महिलाहरूको लागि पनि कोभिड खोप महत्त्वपुर्ण हुन्छ । खोपले उनीहरूलाई मात्र नभइ बच्चाहरूलाई हुने जोखिम पनि कम गर्ने बताइएको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here