खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, घरमै निःशुल्क ढुवानी !

काठमाडौं, १४ जेठ । सरकारले आजदेखि उपभोक्ताको घरसम्म खाद्यवस्तुको निःशुल्क ढुवानी अर्थात डेलिभरी सेवा दिने भएको छ ।

उपत्यकामा निषेधाज्ञा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताको लागि यस्तो व्यवस्था गरेको हो ।

जसमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि यसअघि सञ्चालन हुँदै आएका खाद्य पसल पनि बन्द हुने भएका छन् ।

जसका कारण उपभोक्तामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको व्यवस्था गरेको हो ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा एक ग्राहकले कम्तीमा २ हजार रुपैयाँ र बढीमा १५ हजार रुपैयाँसम्मको अर्डर गर्न सक्नेछन् । अर्डर गरेकै दिन घरमै डेलिभरी हुनेछ ।

कम्पनीले अहिले दाल, चामल, नुन, तेल लगायतका अत्यावश्यक खाद्य वस्तुको अभाव हुन नदिन डेलिभरीको व्यवस्था गरेको छ ।

कम्पनीबाट सञ्चालित इ–कमर्श पोर्टलमार्फत काठमाडौँ उपत्यकाको चक्रपथभित्र र बाहिर एक किलोमिटर सम्मको मोटरबाटो भएको ठाउँमा डेलिभरी गर्नेछ ।

निषेधाज्ञाको समयमा उपभोक्ताले भान्सामा चामल, दाल, चिनी, नुन लगायतका सामग्री अभाव भएमा यी नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

सूचना अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीमबहादुर थापा ९८५११३६७८५, प्रादेशिक प्रमुख थापाथली ज्ञानु थापा, ९८५११२१७८८ नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९८५१११३६६०, अधिकृत प्रज्वल प्रधान ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गरी सहयोग लिन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here