कोभिडले लक्षित ४.१ प्रतिशतको आर्थिक वृद्धि नहुने

काठमाडौं, १४ जेठ । सरकारले कोभिड १९ को दोस्रो लहरको संक्रमण तीव्र बनेकाले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार अर्थिक वृद्धि नहुने जनाएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४‍‍.०१ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने बताएका हुन्।

कोभिडको दोस्रो लहरले अर्थतन्त्र धेरै प्रभावित भएकाले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा कठिनाइ हुने उनले जानाकारी दिए ।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। चालु आर्थिक बर्ष संशोशित आर्थिक बृद्धिसमेत नहुने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here