अर्थतन्त्रको आधा हिस्सा ब्यापार, कृषि र निर्माणको, उद्योगको अंश ५.३३ प्रतिशत

चालु आर्थिक वर्ष २०७७।७८ मा अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको योगदान सबैभन्दा बढी २०.१७ प्रतिशत रहेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आव २०७७।७८ को आर्थिक सर्वेक्षणका अनुसार व्यापार तथा गाडि मर्मत र कृषिको योगदान अर्थतन्त्रमा सबैभन्दा बढी रहेको छ ।

कृषि, वन र मत्स्यपालनको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २०.१५ प्रतिशत छ ।
त्यसैगरी निर्माण क्षेत्रको जीडीमा ८.३६ प्रतिशत, वित्तीय तथा बीमाको ८.३६ प्रतिशत, यातायात तथा भण्डारणको ८.२४ प्रतिशत र घरजग्गा कारोबारको ५.५३ प्रतिशत योगदान रहेको सर्वेक्षणमा उल्लेख छ ।

अर्थतन्त्रका अन्य मुख्य योगदानकर्तामा शिक्षा ५.४२ प्रतिशत, उत्पादनमुलक उद्योग ५.३३ प्रतिशत, सार्वज्निक प्रशासन ४.३२ प्रतिशत र आवास तथा भोजन ३.२९ प्रतिशत छन् ।

सवेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले यसअघि अनुमान गरेको ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नु चुनौतिपूर्ण रहेको बताए ।

सरकारले चालु आवको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो तर केन्द्रीय तथ्यांक विभागले सो अनुमानलाई संशोधन गरी ४.०१ प्रतिशतमा झारेको थियो ।

एशियाली विकास बैंक र विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि दर क्रमशः २.७ र ३.१ प्रतिशत रहने प्रक्षेपण गरेका छन् ।

कोरोनाभाइरस महामारीको प्रभावका कारण गत वर्ष नेपालको आर्थिक वृद्धिदर माइनस १.९ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here