राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३७.७ प्रतिशत, कर्णालीको सबैभन्दा कम

काठमाडौं, १४ जेठ । राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३७.७ प्रतिशत रहने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

अनुमानित राष्ट्रिय वार्षिक ४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये कुल गार्हस्थ उत्पादन (जीडीपी) बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने देखाइएको छ । कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहने अनुमान छ ।

त्यसमा बाग्मतीको जीडीपी रु. १६ खर्ब ७ अर्ब अर्ब रहने अनुमान छ भने कर्णालीको रु. १ खर्ब ७२ अर्ब रहने छ । बागमतीपछि सबैभन्दा ठूलो अर्थतन्त्र प्रदेश १ को छ । प्रदेश १ को अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here