६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त

काठमाडौं, १४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ६९५१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । देशभर ९ हजार ८४१ जना संक्रमित निको भएका छन्।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । पछिल्ले २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ६ हजार४७ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here