महामारीमा ज्यान गुमाउने कर्मचारीका परिवारलाई मंगलमले १ वर्षको तलब दिने

काठमाडौं, १४ जेठ । मंगलम इन्डष्ट्रिज प्रा. लिले कोभिड–१९ महामारीका कारण ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई १२ महिनाको अतिरिक्त तलब सुविधा दिने घोषणा गरेको छ ।

सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा पोलीमर पाइप नियार्तकर्ता सो कम्पनीले त्यसका लागि मंगलम केयर योजनाको घोषणा समेत गरेको छ ।

उसले आफ्ना देहान्त भएका हरेक कर्मचारीका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको हो ।

मंगलम पाइप्सको लागि कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा प्राथमिक र महत्वपूर्ण विषय हो र हामीले उनीहरुको स्वास्थ्य र सुरक्षाम पनि उच्च सावधानी अपनाएका छौं, कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here