अण्डा पुग्यो, दुध पुगेन

– रक्षा रेग्मी

काठमाडौं, १४ जेठ । आर्थिक वर्ष २०७७।७८ मा दुधको उत्पादनमा कमी आएको छ । गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणका अनुसार हाल नेपालमा प्रतिव्यक्ति दुधको उपलब्धता ७९ किलोग्राम रहेको छ जुन संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको वार्षिक मापदण्ड ९१ किलोभन्दा कम हो ।

तर अण्डाको मापदण्ड भने पुगको छ । हालको अण्डा उपलब्धता प्रतिव्यक्ति ५५ गोटा रहेको छ जुन संगठनको मापदण्ड ४८ गोटाभन्दा बढी हो ।
गत आर्थिक वर्षमा नेपालमा करीब १ अर्ब ६२ करोड अण्डा उत्पादन भएको थियो ।

त्यसैगरी, चालु वर्षमा माछाको उत्पादन १ लाख ३ हजार टन हुने अनुमान सरकारले गरेको छ । गत वर्ष माछाको उत्पादन ९९ हजार टन थियो ।

यो वर्ष कुखुरा, सुँगुर बंगुर, दुधालु गाई, भैंसी आदिको संख्या बढेको छ भने खरायो, राँगो, चौंरी गाई, अण्डा दिने हाँस आदिको संख्यामा कमी आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here