चौतर्फी विरोधकाबीच अध्यादेशबाट बजेट सार्वजनिक हुँदै, त्यसअघि मन्त्रिपरिषद् बैठक

काठमाडौं, १५ जेठ । सरकारले अन्ततः अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ।

विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला चौतर्फी विरोधका बीच सरकारले बजेट सार्वजनिक गर्न लागेको हो।

अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गर्ने कार्यक्रम छ।

शनिबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अर्थमन्त्रीले बजेट भाषण गर्ने तयारी छ।

अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here